एमसीसी अनुमोदनपछि पहिलोपल्ट संसद बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


१८ फाल्गुन २०७८, बुधबार
Parliment house samsad bhawans

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दै छ । दशौं अधिवेशनको ९ औं बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७७/७८’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनपछि आज पहिलोपल्ट संसद वैठक बस्न लागेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७