नदीको पूजा गर्दै माझी समुदायले मनाए कोशीपर्व


१८ फाल्गुन २०७८, बुधबार
majhi

सिन्धुपाल्चोक । खोलालाई भगवानका रूपमा मान्दै आएका सिन्धुपाल्चोकका माझी समुदायले सामुहिक पूजा गरी धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् ।

मंगलबार दशैंमाझैं पूजासँगै सामुहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । सिन्धुपाल्चोकका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची नगरपालिका-१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामुहिक पूजा गरेका छन् ।

विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व मनाउन सुरु गरेका हुन् । माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७