आगो लागेको दुई हप्तापछि समुद्रमा डुब्यो चार हजार विलासी कार बोकेको जहाज


१८ फाल्गुन २०७८, बुधबार
cargo ship sinking dhoRXQyI9i 1

काठमाडौं । हजारौं विलासी कार बोकेको कार्गो पानी जहाज आगो लागेको दुई हप्तापछि पोर्चुगलको एजोर टापुनजिकै डुबेको छ । बीबीसीका अनुसार फेलिसिटी नाम गरेको उक्त कार्गो जहाजमा चार हजार पोर्किज र बेन्ट्लेजस्ता विलासी कार थिए ।

उक्त जहाज अमेरिकाको रोडे आइल्यान्डतर्फ जाँदै थियो । जर्मन बन्दरगाह एमडेनबाट छुटेपछि यसमा आगलागी भएको थियो ।

यसका चालक दलका सबै सदस्यलाई आगलागीपछि उद्धार गरिएको थियो । के कारणले आगो लागेको अझै खुलेको छैन । त्यसका क्याप्टेन जोआओ मेन्डेस क्याबेकासले तेल चुहावट पनि नभएको उल्लेख गरेका छन् । तर यसको इन्धन ट्यांकमा केही गडबडीको आशंका गरिएको छ । यसमा २२ चालक दलका सदस्य थिए । उनीहरुलाई पोर्चुगलको जलसेनाले उद्धार गरेको थियो।

फक्सवागनले जहाज डुब्दा यसले कम्पनीलाई १५ करोड ५० लाख अमेरिकी डलर बराबर खर्च लाग्ने भए पनि बीमाले कभर गर्ने बताएको छ । बेन्ट्लेले आफ्ना १८९ कार जहाजमा रहेको बताएको छ । पोर्किजले ११ सय कार जहाजमा रहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७