झलनाथ खनाल भन्छन्, ‘व्याख्यात्मक घोषणा नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै’


१८ फाल्गुन २०७८, बुधबार
jhalanath khal

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसदबाट पारित गरिएको ‘व्याख्यात्मक घोषणा’ नेताहरुलाई सुताउने न्यानो थाङ्नो मात्रै भएको बताएका छन् ।

आज (बुधबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले एमसीसी पास हुनु नेपालकै इतिहासमा दुःखद भएको बताएका छन् । उनले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल समेत गर्न नदिई जबरजस्ती प्रस्तुत गरिएको र संसदीय प्रक्रियाहरु समेत मिचेर पारित भएको आरोप लगाए ।

उनले एसमसीसी अनुमोदन भए पनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउँदै जाने दाबी गरे । उनले व्याख्यात्मक घोषणाको कुनै पनि कानुनी आधार नरहेको समेत बताएका छन् ।

नेता खनालले शुरुदेखि नै एमसीसीमा देशका लागि अहित गर्ने विषयवस्तुहरु रहेको भन्दै संशोधन विना संसदबाट अनुमोदन गर्न नसकिने बताउँदै आएका थिए । संसदबाट एमसीसी अनुमोदन हुँदै गर्दा पनि नेता नेपालले कडा विरोध जनाएका थिए । एमसीसी पास भइसकेपछि सत्तारुढ नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रमा असन्तुष्टि चुलिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७