अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु


१९ फाल्गुन २०७८, बिहीबार
Russia millitry vechiles WwY1PZwr3N

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रुसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिएका छन् ।

‘सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निणर्यको केही क्षणअघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु । प्रमाण संकलनमा हाम्रो काम अब शुरु भएको छ’, खानले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछ । अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ । गत हप्ता, दोनेट्स्क र लुहान्स्कका अलग्गिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेसन शुरु गरेको जनाएको छ ।

यसैबीच, पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् । रासस/एएनआई/स्पुतनिक

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७