एमसीसी अनुमोदनप्रति असन्तुष्ट भीम रावलसँग विप्लव र प्रकाण्डको भेटवार्ता


१९ फाल्गुन २०७८, बिहीबार
biplav bhim prakanda h0FL07Ekfv

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलसँग बिहीबार भेटवार्ता गरेका छन् ।

नेता रावललाई भेट्न नेकपाका नेताद्वय विप्लव र प्रकाण्ड बिहान रावलको निवास पुगेका हुन् । विप्लवको सचिवालयका अनुसार भेटमा एमसीसी र राष्ट्रिय स्वाधिनता रक्षाका पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल भएको हो ।
यसमा रावलले सकारात्मक जवाफ दिएको सचिवालयले जनाएको छ ।

यसअघि बुधबार विप्लवले माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेमकिपाका अध्यक्ष नारायमान बिछुक्छेसँग भेटवार्ता गरेका थिए । संसदबाट भएको एमसीसी अनुमोदनप्रति असन्तुष्टि जनाइरहेका नेताहरुलाई विप्लवले धमाधम भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७