गैंडाकोटमा पल शाहको इन्कारी बयान, फेरि तनहुँ फर्काइयो


१ चैत्र २०७८, मंगलवार
paul shaha tuToDdAo8l

नवलपरासी । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा न्यायिक हिरासतमा रहेका नायक पल शाहसँग इलाका प्रहरी कार्यालय गैंडाकोटले बयान लिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहलाई गैंडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता लगाएर बयान लिएको हो । प्रहरी स्रोतकाअनुसार शाहले बयानमा अभियोग अस्वीकार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी दिलीपकुमार गिरीले शाहको वयान लिएर मंगलबार दिउँसो तनहुँ फिर्ता पठाएको बताए । ‘जिल्ला अदालत तनहुँको आदेशमा अनुसन्धानका लागि ल्याएका थियौं । अदालतकै आदेशमा उहाँसँग वयान तथा सोधपुछ अनुसन्धान गरेर पठाएका छौं । अन्य अनुसन्धान भइरहेको छ,’ उनले भने । उनकाअनुसार आज साँझसम्म शाह तनहुँ पुग्ने छन् ।

शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पीडित परिवारले नवलपुरस्थित गैंडाकोट रिर्सोटमा पनि सुटिङका क्रममा जबरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई जबरजस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रो पटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ । थपिएको १२ दिन पनि सकिँदैछ । अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हिरासतमा राख्न सक्छ । अनुसन्धान पूरा भएमा शाहलाई अदालतमा पेश गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७