फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो


२ चैत्र २०७८, बुधबार
petrol picturer1

काठमाडौं, २ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले डिजेल पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर रु ५ वृद्धि गरेको बुधबार एक विज्ञप्तिमार्फत जनाएको छ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १५५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ पुगेको छ।

यसैगरी हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढाइएको छ । यससँगै मूल्य १५१ रुपैयाँ पुगेको छ । यसैगरी हवाइ इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २०० प्रतिकिलोलिटर बढेर १४९५ कायम गरिएको छ । निगमले एलपी ग्यासको भाउ भने बढाएको छैन ।
भारतीय आयल निगमले नै मूल्य बढाएपछि निगमले पनि मूल्य वृद्धि गरेको हो । मूल्यवृद्धि पछि पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा घाटा नै रहेको निगमको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७