भुवन केसीले विराटनगरवासीसँग खेले होली


३ चैत्र २०७८, बिहीबार
Bhuwan KC1647509746

मोरङ । अभिनेता भुवन केसीले विराटनगरवासीसँग होली मनाएका छन् । होली मनाउने क्रममा अभिनेता केसी बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा सहभागी भएका हुन् ।

स्थानीय अथिति सदनमा विराटनगर राउण्ड टेबल नम्बर ५ ले ‘कलर वाल्कथोन’ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा केसी प्रमुख अथिति थिए ।

उनले निकै रमाइलो मान्दै युवाहरू माझ रङ खेल्दै शुभकामना साटासाट गरेका छन् । ‘होली मेलमिलाप र सद्भावको पर्व हो’, उनले भने । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सभ्य र भव्य रूपमा होली मनाउनुपर्ने बताए । युवा समूहले होली खेल्दै नगर परिक्रमा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७