क्रिप्टोकरेन्सीको प्रचार गरेको भन्दै अभिनेत्री प्रियंका कार्कीसँग सीआइबीको सोधपुछ


६ चैत्र २०७८, आईतवार
priyanka

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले क्रिप्टोकरेन्सीको प्रचार गरेको भन्दै अभिनेत्री प्रियंका कार्कीलाई बोलाएर सोधपुछ गरेको छ । आज उनलाई ब्युरोमै बोलाएर सोधपुछ गरेको हो ।

अभिनेत्री कार्कीले ब्युरोले सहयोग मागेपछि आफू अनुसन्धानमा सहयोग गर्न गएको जानकारी दिइन् । आफ्नो जानकारी बिना तस्बिर राखेर कसैले क्रिप्टोकरेन्सीको एप बनाएको उनको भनाइ छ ।

‘मेरो तस्बिर प्रयोग गरेर एक जनाले क्रिप्टोकरेन्सीको एप बनाएको रहेछ । हाम्रो देशमा जसले जे पनि गर्न पाउँछ के गर्ने ?’ उनले भनिन् । उक्त एपको विषयमा आफूलाई जानकारी नरहेको कार्कीले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७