स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने


१० चैत्र २०७८, बिहीबार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं, १० चैत । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए ।

मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलको मान्यता नपाएका ७३ दलको विभिन्न जिल्लामा रहेका उनीहरुको संगठनको चैत ६ गतेसम्म बिवरण माग गरेकोमा सो को रुजु भइरहेको जानकारी दिए ।

यस्तै निर्वाचन आचार संहिता कार्यान्वयनका सन्र्दभमा देशका विभिन्न १५ स्थानमा कार्यक्रम आचार संहिता सचेतना कार्यक्रम सञ्चालन भइरहेको छ । मतदाता नामावली, परिचय पत्र निर्माण सामग्री छपाइका लागि ६ फर्मसँग सम्झौता भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७