बोहराटारमा पौडेल समूहको छुट्टै भेला, को-को नेता सहभागी ?

कांग्रेस बैठकअघि सानेपामा शेखर समूहकाे विरोध प्रदर्शन


११ चैत्र २०७८, शुक्रबार
ramchandra

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला शुरु भएको छ । बोहराटारस्थित पौडेल निवासमा उक्त समूहको भेला शुरु भएको हो ।

आज (शुक्रबार) दिउँसो बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि तय गरिएको एजेण्डाबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले आफू निकट नेताहरूको बैठक बोलाएका हुन् । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे साझा धारणा बनाउन भेला बोलाइएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिएका छन् । भेलामा पूर्व महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य समेत रहेका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य दीपक गिरी पनि भेलामा सहभागी छन् ।

यस्तै पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती, सांसद मोहन पाण्डेय, बाजुरा सभापति रामसिंह रावल, तनहुँ सभापति जितप्रकाश आले, पाल्पा सभापति हिमाल श्रेष्ठ पनि बोहराटार पुगेका छन् । भेलामा सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामा पनि धादिङका निवर्तमान सभापति रमेश धमला, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, बागमती प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठलगायत नेताको पनि भेलामा उपस्थिति रहेको बोहराटारले जनाएको छ ।

कांग्रेस बैठकअघि सानेपामा शेखर समूहका विद्यार्थीको विरोध प्रदर्शन
नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले कांग्रेस केन्द्रीय समिति बैठकस्थल सानेपामा विरोध प्रदर्शन गर्ने भएका छन् । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गर्न लागेका हुन् ।

‘सभापति ज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गरेका छन् । यसप्रति हाम्रो गम्भीर असहमति रहेको छ,’ पूर्व केन्द्रीय सदस्य प्रेमिका रानामगरले भनिन्, ‘बैठक शुरु हुनुअघि शुक्रबार दिउँसो १ बजेदेखि नै शान्तिपूणर् रूपमा केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गर्नेछौं ।’

उनका अनुसार कोइराला समूहको बालुवाटारमा बिहीबार साँझ बसेको अनौपचारिक छलफलपछि सो प्रदर्शन गर्न लागिएको हो । बैठक शुक्रबार दिउँसो २ बजेदेखि शुरु हुनेछ । ‘हिजो शेखर दाइको सचिवालयमा हाम्रो बैठक थियो । सो बैठकले सभापतिको सो एकलौटी निर्णयप्रति असहमति जनाउँदै शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागेको हौं,’ मगरले भनिन् ।

उनका अनुसार उक्त बैठकमा कोइराला, चन्द्र भण्डारी, गुरुराज घिमिरे, केशवसिंह, प्रतिमा गौतम, मनोजमणि आचार्य, गोविन्दराज पोखरेललगायत नेविसंघ र तरुण दलका पूर्व पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७