आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन


१२ चैत्र २०७८, शनिबार
Nepal Life Pathashala1648211411

काठमाडौं, ११ चैत । नेपाल लाइफ इन्स्योरेन्सले कमलपोखरीस्थित नेपाल लाइफ भवन (सिटी सेन्टर)मा स्थापना गरेको ,नेपाल लाइफ, पाठशालाु नामक प्रशिक्षण कक्ष सञ्चालनमा ल्याएको छ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले संयुक्त रुपमा उक्त नेपाल लाइफ पाठशालाको उद्घाटन गरेका हुन्।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तब्य व्यक्त गरे। कार्यक्रममा उनले यस्ता किसिमका गुणस्तरीय तालिमको पूर्वाधारहरूलाई क्षेत्रीय स्तरमा समेत विस्तार गरिने सोच रहेको बताए। उनले नेपाल लाइफ, पाठशाला भविष्यमा एक उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्नेछ भन्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरू गरेको पाठशाला एक उदहारणीय कार्य भएको बताउँदै सफलताको शुभकामना व्यक्त गरे।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले अभिकर्ता तथा कर्मचारीहरूको व्यवसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधा सम्पन्न नेपाल लाइफ, पाठशालाको स्थापना गरिएको बताए।

भविष्यमा पनि यस पाठशालामा विज्ञ प्रशिक्षकहरूमार्फत अभिकर्ता र कर्मचारीहरूको लागि नियमित तालिम एवं सेमिनारहरू सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई सुझाव दिए।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका सञ्चालकहरू राम अवतार अग्रवाल र बिमल प्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी, विभागीय प्रमुखहरू र अभिकर्ताहरूको उपस्थिति थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७