अमेरिकासहित विभिन्न मुलकका आकाशमा देखियो अनौठो रातो प्रकाश


१६ चैत्र २०७८, बुधबार
Red Light1648574053

वासिङटन । अमेरिकालगायत विश्वका धेरै स्थानमा गत साता थुप्रै व्यक्तिले आकाशमा रहस्यमय प्रकाशपुञ्ज देखेको दाबी गरेका छन् । थुप्रै मान्छेले ‘रातो चम्किलो प्रकाश’ टेक्सासको ह्युस्टनमा पनि देखेको बताएका छन् ।

केहीले यस अनौठो प्रकाशको रहस्का कारण अर्कै ग्रहको प्राणीको प्रसङ्ग पनि आउनसक्ने तर वास्तवमा यो कुनै असाधारण चिज हुने नसक्ने सम्भावना बढी रहेको बताउँछन् । एबीसी १३ का अनुसार मार्च २३ को राति ह्युस्टन लगायत पियरल्यान्ड, लिगी सिटी, डिर पार्क र मिसौरी शहरका आकाशमा यो रातो ज्योति देखिएको हो । यस्तै ज्योति इजिप्टलगायत विश्वका अन्य भागहरूमा पनि देखिएको बताइएको छ ।

केही मानिसहरू आकाशमा आइस क्रिस्टलमा प्रकाश छिर्दा यस्तो स्थिति उत्पन्न हुने बताउँछन् । यस्तो अवस्थामा प्रकाश माथि आकाशतर्फ गइरहेको जस्तो देखिन्छ । यसरी आकासमा अनौठो प्रकाश देखिनु र त्यसलाई मानिसहरूले अर्कै ग्रहका प्राणी सम्झनु यो पहिलो घटना भने नभएको बताइएको छ ।

तर वैज्ञानिकहरूले अज्ञात ग्रहमा प्राणीहरू हुनुपर्ने विश्वास गर्नेगरेबाट यस रहस्यलाई पूणर् नर्कान पनि नसकिने बताइएको छ । एबीसी १३ को भूगर्भविद प्रमुख ट्रभिस हर्जोगले टेकसासमा मौसम खराब भएकाले वायुमण्डलको माथिल्लो भागमा अत्यन्तै चिसो हुँदा त्यहाँ आइस क्रिस्टल बनेको र त्यसमा प्रकाश पर्दा यस्तो दृष्य देखिएको हुनुपर्ने बताएका छन् ।

साथै हर्जोगले सो क्षेत्रमा रहेको केमिकल प्लान्ट वा प्रशोधन केन्द्रका कारण पनि यस्तो प्रकाश पुञ्ज देखिएको हुनुपर्ने तर्क गरेका छन् । हुन त हालसालै केहि मानिसले प्रशान्त महासागरमा एउटा अज्ञात उड्ने वस्तु डुबेको पनि दाबी गरेका थिए । बीजीआरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७