प्रचण्ड फेरि गृह जिल्ला चितवनमा, यस्ता छन् कार्यक्रम


१६ चैत्र २०७८, बुधबार
prachanda
फाइल फोटो

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि गृह जिल्ला चितवन पुगेका छन् । उदघाटन, शिलान्यासलगायतका कार्यक्रममा सहभागी हुन अध्यक्ष ‘प्रचण्ड’ फेरि चितवन गएका हुन् ।

उनी राप्ती नगरपालिकामा हर्दी विद्युत सबस्टेशनको उदघाटन, भरतपुर-२२ धनौजीमा कभर्ड हल उदघाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यास लगायतका कार्यक्रममा सहभागी हुनेछन् ।

एक हप्ता अगाडि मात्रै पनि उनी गृह जिल्ला चितवनका बिभिन्न कार्यक्रममा सहभागी भएर फर्किएका थिए । स्थानीय तह निर्वाचन नजिकिएपछि प्रचण्ड अहिले देश दौडाहामा व्यस्त छन् । केहि दिनअघि उनी रोल्पा पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७