भारतीय नागरिक अग्रवालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा, तीन करोड ८० लाख बिगो माग


१६ चैत्र २०७८, बुधबार
uchha adalat patan mK9r8DwUKI

काठमाडौं । डेढ करोड रुपैंयाँसहित पक्राउ परेका भारतीय नागरिक अमितकुमार अग्रवालविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दाय भएको छ । राजस्व अनुसन्धान आयोगले अग्रवालविरुद्ध तीन करोड ८० लाख ३१ हजार ८५२ रुपैंयाँ बिगो कायम गरी राजस्व चुवाहटसम्बन्धी मुद्दा दायर गरेको हो ।

आयोगले अग्रवालको निवासबाट डेढ करोड बरामद गरिसकेकाले दुई करोड ३० लााख ३१ हजार ८५२ रुपैंयाँ असुल उपर गर्न माग गरेको छ ।

करिब एक महिनाअघि अग्रवाल डेढ करोड रुपैंयाँसहित ताहचलबाट पक्राउ परेका थिए । काठमाडौंको मख्खनमा बिमला इन्टरनेसनल प्रालि सञ्चालन गरी नक्कली गरगहनाको होलसेल कारोबार गर्ने भारतीय नागरिक अग्रवाल लगायतले राजस्व छली गैरकानुनी रुपमा हुण्डीमार्फत् वित्तीय कारोबार गर्दै आइरहेको सूचनाको आधारमा पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७