घरायसी विवादमा श्रीमतीको हत्या, आरोपी पक्राउ


१७ चैत्र २०७८, बिहीबार

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरीले श्रीमतीको हत्याको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिका-१ स्याउले गुन्साटोल बस्ने करिव ५० वर्षीय मेखबहादुर तामाङलाई प्रहरी पत्नी हत्या आरोपमा पक्राउ गरेको हो ।

उनलाई ४६ वर्षीया पत्नी सुकुमाया तामाङको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । प्रहरीका अनुसार घरायसी विवादमा उनले श्रीमती सुकुमाया तामाङमाथि दाउरा र ढुंगाले टाउकोमा प्रहार गरेका थिए ।

गम्भीर घाइते भएकी सुकुमायालाई उपचारको लागि चौतारा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउना साथ चिकित्सकले उनलाई मृत घोषणा गरेका बस्नेतले बताए । तत्कालै पुगेको प्रहरीले मेखबहादुरलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७