उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिस (सूचीसहित)


१७ चैत्र २०७८, बिहीबार
nyaya parisad secretariat tYoDRCPhVb

काठमाडौं । देशका विभिन्न उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरिएको छ । बुधबारको न्याय परिषदको बैठकले उच्च अदालतका न्यायाधीशहरूको सरुवा सिफारिसको निर्णय गरेको हो ।

न्याय परिषदको बैठकले उच्च अदालतका ८७ न्यायाधीशको सरुवा सिफारिसका साथै अन्य ६ वटा निर्णय पनि गरेको छ ।
यस्ता छन् ६ निर्णय

-सैनिक विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने ।

-उपत्यका विकास प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने समितिको अध्यक्षमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने ।

-भूकम्पबाट प्रभावित संरचनाको पुनर्निमाणसम्बन्धी समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्न सरकारलाई सिफारिस गर्ने ।

-श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका वासुदेव आचार्यलाई तोक्न सरकारलाई सिफारिस गर्ने ।

-वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालतका जनकपुर, वीरगन्ज इजलासका रवि शर्मा अर्याललाई तोक्न सरकारलाई सिफारिस गर्ने ।

-राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्न सरकारलाई सिफारिस गर्ने ।

हेर्नुहोस् न्यायाधीशको सरुवा सिफारिस र अन्य निर्णयको सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७