बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, चुनावी तालमेलबारे थप निर्णय हुने


१७ चैत्र २०७८, बिहीबार
gathabandan meeting 20220218021905

काठमाडौं । आउँदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले बैठक शुरु भएको जानकारी दिए ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, स्थानीय तह निर्वाचन, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा छलफल हुनेछ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँग स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने निर्णय गरिसकेको छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि तालमेलमा जोड दिँदै आएका छन् । यही बैठकबाट चुनावी गठबन्धन तालमेल कस्तो हुने भन्नेबारे निर्णय आउने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७