गठबन्धन बैठक : महानगरको उम्मेद्वार केन्द्रले छान्ने, अरुको निर्णय तल्लो कमिटीले गर्ने

तल्लो तहसम्मै संयन्त्र बनाउने, संयन्त्रले गरेको निणर्यअनुसार गठबन्धन गर्ने


१७ चैत्र २०७८, बिहीबार

काठमाडौं । सत्ता गठबन्धनले बैसाख ३० को स्थानीय तहको निर्वाचनमा महानगरपालिको उम्मेद्वार केन्द्रबाटै भागबण्डा गर्ने निर्णय गरेको छ । बाँकी तल्ला कमिटीमा पनि संयन्त्र बनाएर उम्मेदवार टुंगो लगाउने भएको छ ।

बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए । ‘सत्ता गठबन्धन स्थानीय तह निर्वाचनमा एकताबद्ध भएर जाने सहमति भएको छ’, खनालले भने, ‘महानगरको निर्णय माथिबाट र अन्यका लागि तलै निर्णय गर्न दिने गरी सबै दल सहमत भएका छन् ।’

खनालका अनुसार सत्तारुढ दलको निर्वाचन संयन्त्र बनाउने बाँकी प्रक्रियाबारे फेरि छलफल गरेर अगाडि बढ्ने सहमति भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७