सर्वोच्चमा असन्तुष्ट डीआइजीको रिट, बढुवा भएकै दिन तीन एआईजीलाई दर्ज्यानी चिन्ह


१७ चैत्र २०७८, बिहीबार
aig basanta panta11648722968

काठमाडौं । नेपाल प्रहरीका तीन एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकले दर्ज्यानी चिह्न लगाएका हुन् । आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई एआईजीमा बढुवा गरेको थियो । बढुवा प्रक्रियामा असन्तुष्ट डीआईजीहरू भने निणर्य बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । यता बढुवाविरुद्ध असन्तुष्ट तीन डीआईजीले बिहीबारै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । सर्वोच्चले रिटमाथि सुनुवाइ गर्नु पहिले नै प्रहरी महानिरीक्षकले शैलेश थापाले चलाखी अपनाउँदै उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए ।

मन्त्रि परिषद्को निणर्य भएको केही घण्टामै सर्वोच्चले छेक्ने डरले उनीहरुलाई दर्ज्यानी चिन्ह दिइएको हो । यसअघि तीन डीआईजीले बढुवा सिफारिसविरुद्ध उजुरी सुनुवाइ समितिमा उजुरी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७