जीवन रक्षकसहित सबै औषधि आयात ठप्प पार्ने चेतावनी

नेपालमा करिब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुँदै


२१ चैत्र २०७८, सोमबार
Medicine 1
फाइल फोटो


काठमाडौं । नेपाल औषधि व्यवसायी संघले बैशाख १ देखि सबै प्रकारका औषधि आयात ठप्प पार्ने जनाएको छ । पैठारी सिफारिस पत्रका लागि आयातकर्ता व्यवसायीहरुले औषधि व्यवस्था विभागमा दिइने निवेदनमा उल्लेख गरिने प्रतिबद्ध मूल्य हटाउनु पर्ने माग राख्दै संघ आन्दोलनमा छ ।

सरकारले माग सम्बोधन नगरे जीवनरक्षक, आइसीयू, सीसीयूमा प्रयोग हुने औषधिलगायत सबै औषधि समेत आयात नगर्ने संघले जनाएको छ । प्रतिवद्ध मुल्य लेख्नुपर्ने कुनै कानुनी बाध्यता नभए पनि विभागले बाध्यकारी बनाएको औषधि व्यवसायी संघले जनाएको छ । प्रतिबद्ध मूल्यसम्बन्धित औषधिको तत्कालीन मूल्य भएको र सो मूल्यमा सम्बन्धित देशको उत्पादक कम्पनीले उत्पादन लागतमा भएको परिवर्तन र सो देशको मुद्रास्फिती दरलाई समायोजन गरी कम्तिमा वार्षिकरुपमा पनि अधिकतम खुद्रा मूल्यको निर्धारण पुनरावलोकन हुने गरेको संघले जनाएको छ ।

संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले औषधि व्यवसायीका माग सम्बोधन नभए बैशाख १ देखि औषधि आयात नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् । उनले भने, ‘औषधि आयातका लागि पैठारी सिफारिसपत्र लिनुपर्छ । त्यो पैठारी सिफारिस पत्रमा औषधि नविकरण गर्दा मुल्य राख्नुपर्छ ।’ १०/१२ वर्षदेखि औषधि नविकरण गर्दा मूल्य पुनरावलोकन भएको छैन । औषधि नविकरण गर्दा उत्पादनकर्ताले तोकेको एमआरपी राख्ने चलन छ । अहिलेसम्म पनि मूल्य पुनरावलोकन भएन । जसकारण औषधि झिकाउन समस्या भयो । नविकरण गर्दा कन्ट्री अफ ओरिजीन हुनुपर्‍यो भन्ने माग हो,’ उनले भने ।

हाल नेपालमा करिब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुने गरेका छन् । आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गन पाउनुपर्ने औषधि व्यवसायीहरुको माग छ । संघले पटक-पटक स्वास्थ्य मन्त्री र औषधि व्यवस्था विभागका महानिर्देशकलाई एमआरपीलाई समायोजन गर्न वैज्ञानिक प्रकृया अवलम्बनका लागि आग्रह गर्दै आएको छ । संघले गत माघ १४ मा औषधि व्यवस्था विभाग समक्ष २५ बुँदे संस्थागत राय सुझाव बुझाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७