फेरि बढ्यो पेट्रोल, खाना पकाउने ग्यास र डिजेलको मूल्य, लिटरको कति पुग्यो ?


२३ चैत्र २०७८, बुधबार
oil nigam

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्‍याएको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्‍याएको छ । हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर एक हजार ५४५ कायम गरिएको छ ।

एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ । निगमले पछिल्लो पटक गरेको मूल्य समायोजनपछि एक महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ । यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ ।

बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ । यसैबीच सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई ४ अर्ब २० करोड दिने निणर्य गरेको छ ।

petrolium mulya 160 Z5IO59SSsQ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७