बाँकेका १०१ मतदानस्थल अति संवेदनशील


२३ चैत्र २०७८, बुधबार
chunab

बाँके । बाँकेका विभिन्न ६ स्थानीय तहमा रहेका १०१ मतदानस्थल अति संवेदनशीलका रुपमा रहेका छन् । जिल्लामा रहेका १३६ मतदानस्थलमध्ये ३५ मतदानस्थल संवेदनशील मतदानस्थलको रुपमा रहेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ ।

‘वादविवाद हुने, झैभगडा हुने वा बुथ क्याप्चरको सम्भावना रहेकालाई संवेदनशील मतदानस्थलको रुपमा लिएका छौं’ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भने । उनले संवेदनशील र अति संवेदनशील क्षेत्रलाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था सुदृढ गरिने जानकारी दिँदै मतदानस्थललाई आन्तरिकरुपमा व्यवस्थापन गरिने बताए ।

यसैबीच स्थानीय तह निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले विभिन्न स्थानीय तहका मतदानस्थलको अनुगमन सुरु गरेको छ । कोहलपुर नगरपालिकाका १४ तथा खजुरा गाउँपालिकाका आठ मतदानस्थलको अनुगमन गरिएको प्रजिअ खत्रीले जानकारी दिए । उनले मतदानस्थल केहीमा पर्खाल नभएको, चर्किएको र केहीलाई मर्मतसम्हार गरेर प्रयोगमा ल्याइने उल्लेख गरे ।

विसं २०७४ को स्थानीय निर्वाचनमा जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकोमा यस वर्ष कूल तीन लाख २९ हजार ४७३ मतदाता छन् । जिल्लामा मतदान केन्द्र ३७९ छन् । मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७