गठबन्धनको चुनाव परिचालन समितिको बैठक बस्दै, तालमेलको ‘मोडालिटी’ बारे छलफल


२७ चैत्र २०७८, आईतवार
Chunab Paricalan samiti

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज (आइतबार) बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने समिति सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’ बारे पनि छलफल हुने भएको भुसालले जानकारी दिएका छन् । यसअघि गत बुधबार बसेको समितिको बैठकले २६ चैतभित्र गठबन्धनको अवस्थाबारे प्रतिवेदन बुझाउन तल्ला तहका संयन्त्रहरुलाई निर्देशन दिएको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७