विराटनगरको मेयरका लागि एमालेले सिफारिस गर्‍यो पाँच जनाको नाम, पछि हटे लालबाबु


२७ चैत्र २०७८, आईतवार
amale morang

मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमाले विराटनगरले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले नगरपालिकाका पार्टी अध्यक्ष सागर थापासहित पाँच जनाको नाम सिफारिस गरेको हो ।

जसअनुसार केन्द्रीय सदस्य रामलाल साह, मोरङ जिल्ला पार्टी उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेर पठाउने निणर्य भएको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

यसअघिका मेयरका उम्मेदवार बिनोद ढकाल, पूर्वमन्त्री लालबाबु पण्डित तथा प्रदेश-१ का पूर्वमन्त्री जीवन घिमिरे आंकाक्षी भए पनि अन्ततः सर्वसम्मत रुपमा पाँच जना सिफारिस भएका हुन् । एमालेले ललितपुर महानगरपालिकाको मेयरका लागि सर्वसम्मतरुपमा हरिकृष्ण ब्यञ्जनकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७