‘युक्रेन छुट्टै राष्ट्र हो’ भनेर पढाउने रुसी शिक्षिकालाई कारबाही


२८ चैत्र २०७८, सोमबार
2 russian teacher lost job due to student1649608370

मस्को । रुसकी एक शिक्षिकाले आफैले पढाउने कक्षा आठका एक जना विद्यार्थीका कारण जागिर गुमाउनु परेको छ । साथै उनी आर्थिक जरिबाना तिर्न बाध्य भएकी छन् ।

ती विद्यार्थीले कक्षा कोठामा पढाउने क्रममा ती शिक्षिकाले ‘युक्रेन एउटा छुट्टै राष्ट्र हो’ भनेको कुरा रेकर्ड गरेकी थिइन् । आफ्ना विद्यार्थीलाई यसरी गलत शिक्षा दिएको आरोपमा अंग्रेजी भाषाका शिक्षिकामाथि कारबाही भएको हो ।
शिक्षका मारिना दुव्रोभाले न्युयोर्क टाइम्सलाई बताएकी छन्, ‘यस्तो लाग्छ कि उनीहरू सबै कुनै किसिमको पागलपनामा डुबिसकेका छन् ।’

गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध विरोधिहरूलाई इंगित गर्दै ‘समाजको स्व-सफाया’ लाई प्रश्रय दिइने बताएका थिए । रुसका अर्का एक जना शिक्षकले आफ्ना विद्यार्थीहरूलाई युक्रेनमाथि रुसको आक्रमणबारे वास्तविकता बताउन खोज्दा मारिना दण्डित हुन पुगेको बताएका छन् ।

मारिनाले न्युयोर्क टाइम्सलाई बताएकी छन्, ‘मैले आठ कक्षाका विद्यार्थीहरूलाई युद्धविरुद्धको सन्देशसहितको एउटा युट्युब भिडियो देखाएकी थिएँ । त्यसपछि एक हुल बालिकाहरूले मलाई युद्धबारे सोध्न थाले ।’ रुसी टापु साखालिनस्थित शिक्षिका मारिनाले छात्राहरूलाइ भनेकी थिइन्, ‘युक्रेन एउटा छुट्टै राष्ट्र हो ।’ यो सुनेर लगत्तै एक जना छात्राले भनिन्, ‘अब युक्रेन छुट्टै मुलुक नरहेको’ प्रतिक्रिया दिएकी थिइन् ।

उक्त घटनाको केही दिनपछि प्रहरीले उनलाई विद्यालय परिसरबाटै पक्राउ गरेको थियो । अदालतमा उनीविरुद्ध एक छात्राले रेकर्ड गरेको उनको अभिव्यक्ति प्रमाणको रूपमा पेस गरिएको थियो । दि टाइम्सकाअनुसार उनलाई रुसी फौजको सार्वजनिक रूपमा अपमान गरेको अभियोगमा ४०० अमेरिकी डलर जरिबानासहित अनैतिक आचरण देखाएको भन्दै विद्यालयबाट बर्खास्त गरिएको थियो । मार्चको सुरुमा रुस सरकारले मुलुकभरि युक्रेन युद्धको विरोध गर्ने ४ हजार ३०० जना भन्दा बढी प्रदर्शनकारीलाई गिरफतार गरेको थियो । बिजिनेस इन्साइडरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७