गोली बोकेर जापान उड्न लागेकी सोविता विमानस्थलबाट पक्राउ


२८ चैत्र २०७८, सोमबार
airport


काठमाडौं । गोली बोकेर जापान उड्न लागेकी तनहुँकी सोविता नेपाली त्रिभुवन विमानस्थलबाट पक्राउ परेकी छन् । विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

भानु नगरपालिका-७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले एक राउण्ड गोली फेला पारेको हो । लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७