बैंक अफ काठमाण्डूका कार्ड बाहकलाई दराज र सस्तोडिलमा नयाँ वर्षको छुट योजना


२९ चैत्र २०७८, मंगलवार
bank of kathmandu bok XU1Y77KMNy

काठमाडौं, २८ चैत । बैंक अफ काठमाण्डूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहकहरूलाई दराज र सस्तो डिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ।

नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्ड बाहक ग्राहकहरूले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रि(पेमेन्ट गर्दा १५ प्रतिशत सम्मको छुट दिने भएको हो।

बैंकको कार्डबाहक ग्राहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रि-पेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँ र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुटको पाउने भएको हो।

साथै, कार्डबाहकहरूले सस्तोडिलमा आफूलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गरेमा २० प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन्।

नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशत सम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन्।

बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरू, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७