भरतपुर माओवादी केन्द्रलाई दिन अन्ततः देउवा सहमत


२९ चैत्र २०७८, मंगलवार
prachanda deuwa 1
फाइल फोटो


काठमाडौं । पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको स्थानीय नेतृत्वले यस पटक चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा आफ्नो पार्टीबाट उम्मेदवार हुन पाउनु पर्ने अडान लिइरहेका बेला प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई त्यो सिट दिन तयार भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा हाल मेयर रहेकी छोरी रेणुलाई पुनः अवसर दिइनुपर्ने जिकिर गरिरहेका छन् । सोही कुरा उनले प्रधानमन्त्री देउवा समक्ष राखेपछि देउवा गठबन्धन टुट्ने डरले प्रचण्डको माग पूरा गर्न तयार भएको स्रोतले जानकारी दिएको छ ।

सोमबार बालुवाटारमा भएको गठबन्धनको बैठकमा अघिल्लो निर्वाचनमा गठबन्धनका जुन दलले जहाँ जहाँ जितेका थिए, त्यो ठाउँ यसपालि पनि उसैलाई दिने सहमति भएको हो । यसले गर्दा भरतपुर महानगर स्वतः माओवादी केन्द्रले पाउने निश्चित भएको स्रोतको दाबी छ । सिट बाँडफाँटको मोडालिटी टुङ्ग्याउन आज पनि गठबन्धनको बैठक बस्दै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७