मेलम्चीको पानी काठमाडौं ल्याउन सुरुङमा छाडियो


२९ चैत्र २०७८, मंगलवार

काठमाडौं । मेलम्ची नदीको पानी आज (मंगलबार) सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो ।

गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो । परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७