क्रिकेटर सन्दिप लामिछाने अब गायक (भिडियोसहित)


११ चैत्र २०७४, आईतवार
sandip samichane

काठमाडौं, ११ चैत : नेपाली क्रिकेटका हिरो राष्ट्रिय क्रिकेट टिमका लेग स्पिन बलर सन्दिप लामिछाने नयाँ अवतारमा निस्किएका छन् । sandip samichane

भारतमा यहि अप्रिल ७ देखि हुने इण्डियन प्रिमियर लिग आईपीएल खेल्ने तयारीमा रहेका सन्दिप गायकका रुपमा समेत चिनिन खोज्दै छन् ।

उनले आगामी एल्बम ‘प्रतिक्षा’ मार्फत आउँदै गरेको पनि जनाएका छन् । एल्बमको टिजर सार्वजनिक गर्दै सन्दिपले ट्वीटरमा भनेका छन्, ‘मेरो दोस्रो शौख गीत गाउनु पनि हो । म गीतमार्फत मेरो शौख पूरा गर्दैछु ।’ टिजरमा ‘उदास थियो मेरो यो मन’ बोलको गीतमा उनले खुलेरै गाएका छन् । क्रिकेटमा सनसनी मच्याउन खोजेका सन्दिपले गीतमा कत्तिको सनसनी मच्याउने हुन् त्यो त एल्बम नै निस्केपछि थाहा हुनेछ ।

https://www.youtube.com/watch?time_continue=2&v=uf8tSk0iWyg

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७