बलात्कारपछि गर्भवती बनेकी १२ वर्षीया बालिकाको विजोक, आमाले मागिन् यस्तो सहयोग


११ चैत्र २०७४, आईतवार
balika rape

ताप्लेजुङ्ग, ११ चैत : बलात्कारपछि गर्भवती बनेकी १२ वर्षीया आफ्नी छोरीको अवस्था चिन्ताजन रहेको बताउँदै उनकी आमाले छोरी बाचर्य दिन सहयोग मागेकी छन् ।balika rape

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा अस्थायी बसोबास गर्ने ती बालिकाकी आमाले छोरीको उपचार गरी जीवन बाचर्य दिन याचना गरेकी हुन् । आफ्नो आर्थिक अवस्था नाजुक रहेको बताउँदै बालिकाकी आमाले सुगम स्थानमा लगेर उपचार गराई छोरीको जीवन बाचर्य दिन आग्रह गरेकी हुन् । ‘मेरो घरको अवस्थाले नाबालक छोरीको उपचार गर्न सम्भव छैन’, उनले भनिन्, ‘यदि कसैले दया राखेर छोरीको उपचार गरिदिए उसको जीवन बच्न सक्थ्यो ।’ उनले नाबालक छोरीले पेटमा भएको बच्चालाई जन्मदिन सक्ने अवस्था नरहने भन्दै गर्भ खेर फालेर भए पनि छोरीको ज्यान बाचर्य दिन आग्रह गरेकी हुन् ।

उनका अनुसार छोरीको पेटमा साढे तीन महिनाको गर्भ छ । बच्चाको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पेटमा गर्भ रहेको पुष्टि गरिसकेको छ । पेटमा भएको बच्चा जति समय बढ्दै गयो, उति नै गर्भ खेर फाल्ने प्रक्रियामा असहज हुने बुझेकी उनले यसकार्यमा सहयोग गरिदिन यहाँबाट प्रतिनिधित्व गर्ने संघीय संसद तथा प्रदेश संसदका साथ स्थानीय तहका जनप्रतिनिधि समेतलाई आग्रह गरेकी छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको महिला सेलमा कार्यरत रबिना राईका अनुसार कलिलै उमेरकी बच्चीको पेटमा रहेको गर्भको समयमै व्यवस्थापन नभए गर्भवती बालिकाको जीवन जोखिममा पर्न सक्छ । उनले यसकार्यमा सहयोगका लागि गर्भवती बालिकाकी आमाले बारबार आफूहरुलाई आग्रह गर्दै आएको बताइन् । ‘स्वास्थ्य अवस्था जटिल हुन सक्ने सम्भावनालाई हेरेर बालिकालाई सुविधा सम्पन्न अस्पतालमा चाँडै उपचारको व्यवस्था गर्नु राम्रो हुने छ’, राईले भनिन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नतेले सुरक्षित गर्भपतन गराउनु नै गर्भवती बालिकाको सबैभन्दा ठूलो कल्याण हुने जानकारी दिए । १२ वर्षीया बालिकाको जबरजस्ती करणी गरी गर्भवती बनाएको अभियोग लागेका पाँचथर हिलिहाङ गाउँपालिका घर भएका ३३ वर्षीय राम राई अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा छन् । पीडित परिवारले दिएको जाहेरीमा राईले गर्भवती बालिकाकी आमा झापा गएको मौका छोपी कोठामा भाइसँगै बस्दै आएकी बालिकालाई आरोपित राईले रातको समयमा मुख थुनी जबरजस्ती करणी गरी गर्भवती बनाएको र यो रहस्य नखोल्न दबाब दिएका थिए । घटनाबारे कसैलाई नभन्न दिएको दबाब बेवास्ता गर्दै पीडित परिवारका तर्फबाट शुक्रबार अभियुक्तविरुद्ध हदैसम्मको कार्वाही तथा पीडितको सहज उपचारको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७