कामना सेवा विकास बैंकको नवौं शाखा सञ्चालनमा


१५ बैशाख २०७९, बिहीबार
BLB Golbazar 03 yn0HBAn6Hn

काठमाडौं, १५ बैशाख। कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट सिराहाको लक्ष्मीपुर पतारी गा।पा।वडा नंं ०४ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बिना रेमिटेन्स ९प्रो। बिना मण्डल० लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । लक्ष्मीपुरका वर्तमान अध्यक्ष​ रामवलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्तरुपमा उक्त शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

कार्यक्रममा बैंकका कर्मचारीहरुलगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो । उक्त शाखाबाट बैंकमा खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७