गठबन्धन बाँडीचुँडी खान र खुवाउन मात्रै हो : ओली


२४ बैशाख २०७९, शनिबार
KP Sharma Oli kKpgIDm5ce

सुनसरी । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा गएर बाडीचुडी खान नेपाली काङ्ग्रेस र माओवादी गठबन्धन गरेर चुनाबमा गएको आरोप लगाएका छन् ।

उनले वडामा एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेको दाबी गरे । गठबन्धन टालाटुली जोडेर बनाएको पुतली मात्रै हो यसको कुनै उद्देश्य छैन । कुनै उद्देश्य बिनाको पार्टी र उम्मेदवारलाई सरकारमा नपुर्‍याउन मतदातालाई आग्रह गरे । ओलीले गठबन्धन गरेर सरकारमा जान बाँडीचुँडी खान र आफन्तलाई खुवाउन मात्रै बनाएको बताए ।

उनले भने यस्तो उदेश्य बोकेको गठबन्धनलाई भोट हाल्ने हो कि सुखी नेपाली समृद्ध नेपाल बनाउनेलाई भोट हाल्ने फैसला मतदातामा रहेको बताए। ओलीले इटहरी को विकासको जिम्मा आफूले लिने बताए । ‘तपाईहरु याम सुब्बा र संगीता चौधरीलाई तपाईंको प्रतिनिधि बनाउनुहोस् । उहाँहरु मेरो प्रतिनिधि हो’, उनले भने ।

गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका ओलीले खाएर चुसेर ढाडिएकाहरु गठबन्धन बनाएर हिँडेको दाबी गरे । उनले भने कांग्रेसको जिउमा भन्किएका झिँगा धपाउन माओवादी र एकीकृत समाजवादी झम्के पछ्यौरी बनेको आरोप लगाए । उनले काङ्ग्रेस सत्तामा हुँदा कुनै काम नगरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७