‘चुनावको दिन पानी पर्नसक्छ, सावधानी अपनाऔं’


२५ बैशाख २०७९, आईतवार
chunab
फाइल फोटो

काठमाडौं । जलवायुविदहरुले स्थानीय तह निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् ।

बंगालको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुन्द्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सुझाएका हुन् ।

पछिल्लो विकसित प्रणालीबारे जलवायुविद् डा. धर्मराज उप्रेतिले आसानी नाम दिइएको यस आँधी निकै तीब्र गतिमा चलेको बताएका छन् । सो आँधीको असर भारतको उडिसालगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वानुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए । जलवायुविद् डा. उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७