मुसिकोटमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप : १० जना घाइते


२५ बैशाख २०७९, आईतवार
congress maobadhi 1024x555 1

रुकुम । रुकुम पश्चिमको मुसिकोटमा सत्तारुढ नेपाली कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपमा १० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले झडप भएको पुष्टि गर्दै दुबै पक्षका गरी १० जना घाइते भएको बताए ।

मुसिकोटमा एमाले र कांग्रेसको गठबन्धन छ भने माओवादी केन्द्र एकीकृत समाजवादी पार्टीसँग मिलेर चुनावी भिडन्तमा छ । रुकुम पश्चिम अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७