एन्फा चुनावको मुखमा कर्मालाई गणेश थापाको चुनौति : आरोप पुष्टि गरेर देखाऊ


२८ बैशाख २०७९, बुधबार
Ganesh Thapa 3

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमहरुमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् ।

ललितपुरस्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोपमध्ये मुख्य १४ आरोप सार्वजनिक गर्दै प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका हुन् । थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य आरोप प्रमाणित गर्नुस् भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनै पनि सम्बन्ध नरहेको समेत बताएका छन् ।

पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियोमार्फत प्रस्तुत गरेका थिए । सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिए ।

पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए । लामो समय फुटबलमा विताएको र व्यवस्थापनमा पनि आपूmले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पीडा भएको बताए ।

एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे । जसको कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताए । थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो ।

पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फिफाले सन् २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कांग्रेसमा थापाले घुस लिएको आरोप लगाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७