भरतपुरसहित ६ वटै महानगरको मतगणना शुरु हुँदै


३१ बैशाख २०७९, शनिबार
matpetika Local election1652484356

काठमाडौं । स्थानीय तह निर्वाचनको मत गणनाको नतिजा कतिपय स्थानमा सार्वजनिक भइसकेको छ । अधिकांश ठाउँमा भने आज (शनिबार) बाट मतगणना शुरु हुँदैछ ।

चासोका साथ हेरिएका ६ महानगरपालिकाको मतगणना आजबाट शुरु हुँदैछ । शुक्रबार रातिबाट नै मतगणना गर्ने तयारी गरे पनि महानगरपालिकाको मतगणना आजबाट शुरु गर्ने गरी सर्वदलीय बैठकबाट सहमति जुटेको हो ।

काठमाडौं महानगरपालिकाको मतगणना बिहान ८ बजेबाट राष्ट्रिय सभागृहमा शुरु हुँदैछ । त्यस्तै चितवनको भरतपुर महानगरपालिकाको मतगणना पनि आज बिहान ८ बजेबाट नै प्रारम्भ गर्ने सर्वदलीय सहमति जुटेको छ । उता, विराटनगर महानगरपालिकाको पनि बिहान ८ बजेबाट मतगणना हुँदैछ ।

त्यस्तै पोखरा महानगरपालिकाको मतगणनाका लागि बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको छ । ललितपुर महानगरपालिकाको मतगणनाका लागि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ । यस्तै वीरगञ्ज महानगरपालिकाको मतगणना पनि आजैबाट शुरु हुने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७