हतुवागढी गाउँपालिका –१ मा एमालेका कुमार बिष्ट विजयी


३१ बैशाख २०७९, शनिबार
kumar bista

भोजपुर, ३१ बैशाख । भोजपुरको हतुवागढीमा १ नम्बर वडामा नेकपा (एमाले)का उम्मेदवार कुमार बिष्ट विजयी भएका छन्
हतुवागढी १ को मत गणना सम्पन्न हुदाँ उनी विजयी भएका हुन् ।

गणनाको अन्तिम नतिजा अनुसार वडाध्यक्ष पदमा ४५९ मतका साथ भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वी बहादुर थापाले २८४ मत प्राप्त गरे ।

त्यस्तै वडाका स्वतन्त्र काजिराम बस्नेतले ४ र जनता समाजवादी पार्टीका उम्मेदवार दिनेश राईले १५ मत प्राप्त गरेका छन् ।

हतुवागढी १ मा एमालेबाट वडाध्यक्ष सहित दलित महिला सदस्य शुसिला विक ४०८ मत, खुल्ला सदस्य राजेन्द्र थापा ४२१ र रामबहादुर सुवेदी ३८० मतका साथ निर्वाचित भएका छन् ।

महिला सदस्यमा भने कांग्रेसकी उम्मेदवार सारदा खड्का ३६९ मतका साथ निर्वाचित भएकी हुन् ।

वडा नम्बर १ मा खसेको कुल मत ८११ रहेको छ । जसमध्ये पालिका प्रमुखमा एमालेको ३७१, गठबन्धनको ३८६ र बदर मत ५४ रहेको छ । त्यस्तै उपप्रमुखमा एमालेको ३७८, गठबन्धनको ३६१ र बदर मत ७२ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७