काठमाडौं : बालेन साहकाे अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै


३१ बैशाख २०७९, शनिबार
balen shah

काठमाडौं । काठमाडौँ महानगरपालिकाको मत गणनाको पछिल्लो परिणाम (साँझ ७ बजेको) अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहको अग्रता कायमै रहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका हुन् । शुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मत गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । उनी साहभन्दा ८३ मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन् । उनी साहभन्दा २०० मतले पछाडि छिन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् ।

अहिले काठमाडौं महानगर-१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौँका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए । काठमाडौँ महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७