गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उदघाटन : नेपाल र कुबेतको दुई जहाज अवतरण


२ जेष्ठ २०७९, सोमबार
gautambuddha airport

रुपन्देही । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानि) को पहिलो जहाज आज बिहान ६ः५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेट जाँदा अवतरण गरेका हुन् । योसँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान शुरु भएको छ ।

नेवानिले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७