गठबन्धन गर्दा हामीलाई घाटा भयो, यसको समीक्षा हुन्छ : माधव नेपाल


३ जेष्ठ २०७९, मंगलवार
madhav nepal31646807153
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा जाँदा आफूहरुलाई घाटा भएको बताएका छन् ।

मदन-आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘अहिलेसम्मको निर्वाचनको परिणाम हाम्रा लागि राम्रो छैन । हामी गठबन्धनको गम्भीर समीक्षा गर्छौ’, उनले भने, ‘हाम्रो सहकार्य र गठबन्धनको पनि समीक्षा हुनेछ ।’

नेपालले गठबन्धन गर्दा आफूहरुलाई घाटा लागेको पनि बताएका छन् । ‘गठबन्धन गर्दा पनि हामीलाई घाटा लागेको छ’, उनले भने, ‘केही ठाउँमा राम्रै पनि भएको छ । तर कहाँ राम्रो गर्‍यौं ? कहाँ त्रुटी गर्‍यौं ? यसबारे समीक्षा गरिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७