विराटनगरमा नागेशलाई ३,६३२ मतको अग्रता, उपमेयरमा उपेन्द्रका छोरा परे पछि


४ जेष्ठ २०७९, बुधबार
nagesh koirala

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले ३,६३२ मतको अग्रता बनाएका छन् । पछिल्लो मत गणनाअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले १४ हजार ९४४ मत पाएका छन् ।

कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले ११ हजार ३१२ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ४,६८२ मत पाएका छन् ।

उपमेयरमा भने एमालेकी शिल्पा कार्की गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवभन्दा झण्डै दोब्बर मतले अघि बढेकी छिन् । शिल्पाले १२ हजार ९२७ मत पाउँदा उनलाई पछ्याइरहेका जसपाका अमरेन्द्रले ७,७७८ मत पाएका छन् । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७