रामेछापको मन्थली नगरपालिकामा एमाले विजयी


५ जेष्ठ २०७९, बिहीबार
manthali

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार लव श्रेष्ठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनअन्तर्गत मन्थली नगरपालिका श्रेष्ठ ९,७१८ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार विनोदकुमार कार्कीलाई ५९६ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोदकुमार कार्कीले ९,१२२ मत ल्याएका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकै ईश्वरी बस्नेत विजयी भएकी छन् । बस्नेत ९,१६१ मतका साथ विजयी भएकी हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी यशोदा श्रेष्ठलाई १०७ मतान्तरले पराजित गरेकी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७