पोखरा महानगर : प्रमुखमा गठबन्धन, उपप्रमुखमा एमाले अगाडि


५ जेष्ठ २०७९, बिहीबार
pokhara chunab

पोखरा । पोखरा महानगरपालिकामा प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा नेकपा (एमाले) को अग्रता रहेको छ ।
हालसम्म ४७ हजार ४६६ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १९ हजार ६१५ मत प्राप्त गरेका छन् । एमालेका कृष्णबहादुर थापाले १७ हजार ५१२ मत प्राप्त गरेका छन् ।

पछिल्लो गणनाअनुसार उपप्रमुख पदमा नेकपा (एमाले) की उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । उनले २० हजार ९७७ मत पाएकी छन् । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत ल्याएकी छन् । उनीहरूबीचको मतान्तर साँघुरो छ । यस्तै, राप्रपाकी उमेदवार रञ्जनाकुमारी सेन पौडेलले १,८१८ मतसहित तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७