भरतपुरमा रेनुलाई विजयभन्दा ३,३०७ मतको अग्रता


६ जेष्ठ २०७९, शुक्रबार
Renu bijaya jaganath

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना सकिएको छ । जारी गणनामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार २२४ मत पाएकी छन् ।

एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ७,८४० मत प्राप्त गरेका छन् । रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३,३०७ मत अघि छिन् ।

उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् । अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७