कैलालीको लम्कीचुहामा प्रमुख र उपप्रमुख दुबैमा महिला निर्वाचित


७ जेष्ठ २०७९, शनिबार
Sushila Shahi and Juna Chaudhary Lamkichuha Kailali

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही र नेकपा (एमाले) बाट चौधरी निर्वाचित भएका हुन् । मेयरमा शाही १२ हजार ७१३ मत पाइन् भने उनका प्रतिस्पर्धी एमालेका महादेव बजगाईले १० हजार ४३५ मत पाए ।

त्यस्तै, उपमेयरमा चौधरीले ११ हजार ७८ मत पाइन् भने प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की जानकीकुमारी शाहीले आठ हजार ३०८ मत पाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७