पोखरामा ८५ हजार मत गन्दा कृष्ण भन्दा धनराज ३,३८७ भोटले अगाडि


७ जेष्ठ २०७९, शनिबार
Krishna thapa dhanrajacharya

पोखरा । पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले एमालेका कृष्ण थापासँगको अग्रतालाई थप फराकिलो बनाउँदै लगेका छन् ।

अहिलेसम्म ८५ हजार १५७ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार आचार्यले ३४ हजार ३३६ मत पाएका छन् भने एमालेका थापाले ३० हजार ९४९ मतपाएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ३,३८७ छ ।

राप्रपाका शंकर खरालले ३,८३५ तथा अटेरी अभियानका खड्कप्रसाद पौडेल गनेसले २,३३५ मत पाएका छन् । उपमेयरमा भने एमालेकी उम्मेदवार मञ्जु गुरुङले अग्रता लिएकी छन् । कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत पाउँदा गुरुङ ३५ हजार ३१२ मतका साथ अग्रता लिइरहेकी छन् । मतान्तर ४६५ छ । राप्रपाकी रञ्जना सेनले ३,७३६ मत पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७