छिन्नमस्ता गाउँपालिका अध्यक्षमा २५ वर्षीय विद्दानन्द निर्वाचित


८ जेष्ठ २०७९, आईतवार
Elected Candidates Chhinnamasta Saptari

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का विद्दानन्द चौधरी निर्वाचित भएका छन् । विद्दानन्द २५ वर्षीय युवा हुन् ।

अध्यक्षमा निर्वाचित चौधरीले २,८९५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सत्यनारायण यादवले १७६६ मत पाए । उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजु देवी यादव २,४७२ मतका साथ विजयी भएकी छन् ।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी प्रमिलादेवी साहले १,५९५ मत पाइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७